नेभिगेशन
विदेश

चीनले प्रयोगमा ल्यायो स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली

चीनले पहिलो पटक स्मार्ट ड्राइभिङ तथा मूल्याङ्कन प्रणाली सार्वजनिक रूपमा प्रयोगमा ल्याएको छ। यो प्रणाली चीन अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटद्वारा सुरु गरिएको हो, जसमा पिरामिड संरचनामा आधारित मूल्याङ्कन ढाँचा प्रयोग गरिएको छ।

बहुस्तरीय मापदण्डमा आधारित यस प्रणालीले स्वचालित सवारीसाधनको क्षमता वैज्ञानिक र व्यवस्थित तरिकाले ग्रेडिङ गर्ने उद्देश्य लिएको छ। नयाँ प्रविधिले सवारी साधनका प्राविधिक तथा कार्यसम्पादनका सीमा (threshold) मापन गर्ने र तीन तहमा विभाजन गरी मूल्याङ्कन गर्ने व्यवस्था गरेको छ। प्रत्येक तहले उत्पादनको स्तर, अनुसन्धान र विकासमा गरिएको लगानीसँग प्रत्यक्ष सम्बन्ध राख्छ।

सुरक्षा परीक्षणको क्रममा दुईवटा प्रविधिक रोडम्यापमार्फत आगामी पाँच वर्षका अनुसन्धान प्राथमिकता र प्रमाणीकरण विधि निर्धारण गरिएको छ।

विशेषज्ञहरूका अनुसार, यस प्रणालीको कार्यान्वयनले चीनलाई स्वचालित सवारीसाधन र गतिशीलता सेवामा विश्वकै सबैभन्दा ठूलो बजार बनाउनेछ। २०३० सम्म यस क्षेत्रबाट ५०० अर्ब अमेरिकी डलरभन्दा बढी राजस्व आर्जन हुने अनुमान गरिएको छ।

Photo-(15)-1758539576.jpg
Photo-(7)-(1)-1758539580.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्