नेभिगेशन
राजनीति

धरान उपमहानगरले सार्वजनिक गर्यो २ अर्ब २० करोडको बजेट

विराटनगर । बजेट अभावमा रहेका सुनसरीको धरान उप–महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

शनिबार बसेको १७औं नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका हुन्।

उपमहानगरपालिकाले अनुमानित स्रोतमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकारबाट ८९ करोड २९ लाख, प्रदेश सरकारबाट ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँडमार्फत ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्