नेभिगेशन
विदेश

नेपालमा यात्रा गर्दा सतर्क रहन भारतद्वारा आफ्ना नागरिकलाई आग्रह

नेपालस्थित भारतीय दूतावासले शुक्रबार नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि यात्रा परामर्श जारी गरेको छ। दूतावासले पछिल्लो साताभित्र नेपालस्थित अवस्था उल्लेख्य सुधार भए पनि यात्रामा सतर्कता अपनाउन आग्रह गरेको हो।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको अवस्था पछिल्लो हप्तामा निकै सुधार भएको छ। सडक यातायात र हवाई सेवा दुवै सामान्य रूपमा सञ्चालनमा छन्।” तर, यात्रुहरूले सावधानी अपनाउन र दूतावास वा स्थानीय निकायले जारी गर्ने निर्देशन पालना गर्नुपर्नेमा जोड दिइएको छ।

साथै, नेपालमा रहेका भारतीय नागरिकका लागि आपत्कालीन सहयोगका लागि दुईवटा हेल्पलाइन नम्बर पनि सार्वजनिक गरिएको छ। ती नम्बरहरूमा +९७७–९८०८६०२८८१ र स्थायी आपतकालीन सम्पर्क नम्बर +९७७–९८५१३१६८०७ रहेको दूतावासले जनाएको छ।

यसअघि हिंसात्मक घटनामा प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र संघीय संसद् सचिवालयभित्रका सवारीसाधनमा क्षति पुगेको थियो। तर, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन मिति घोषणा गरेसँगै सामान्य अवस्था क्रमशः फिर्ता हुँदै गएको जनाइएको छ।

Photo-(1)-(3)-1758370053.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्