नेभिगेशन
राजनीति

जनकपुरधाममा मोर्चाले मनायो कालो दिवस

जनकपुर । संविधान दिवसको अवसरमा देशभर उत्सव भइरहेका बेला मधेशकेन्द्रित दलहरूको गठबन्धन संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा कालो दिवस मनाएको छ ।

मोर्चा अन्तर्गतका ६ दलका कार्यकर्ताले जनकपुरधामको जनकचोकमा कालो पट्टि बाँधेर प्रदर्शन गर्दै “असोज ३ कालो दिन”, “जय मधेश”, “मधेशी एकता जिन्दाबाद” जस्ता नाराहरू लगाए ।

जनता समाजवादी पार्टी नेपाल जनकपुर नगर अध्यक्ष विष्णुदेव साहका अनुसार २०६२÷६३ को मधेश आन्दोलनपछि बनेको संविधानले मधेशी र अन्य उत्पीडित समुदायको अधिकार सुनिश्चित नगरेकाले संविधान दिवसलाई कालो दिवसका रूपमा मनाइएको हो ।

साहले थपे, मधेशवादी दलहरूले आंशिक रूपमा संविधानलाई समर्थन गरे पनि आदिवासी, थारु, जनजाति र मधेशी समुदायको अधिकार पूर्ण रूपमा नसमेटिएसम्म आन्दोलन जारी रहनेछ ।

उनको आरोप छ— कांग्रेस, एमाले र माओवादी नेतृत्वले मधेशी जनतामाथि गोली प्रहार गर्दै संविधानलाई जबरजस्ती जारी गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्