नेभिगेशन
राजनीति

नेकपा (बहुमत) को संयुक्त जबस मोर्चाद्वारा जेन-जीको सहभागितासहित स्वाधीन सरकार गठनको माग

काठमाडौं, ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को संयुक्त जबस मोर्चाले जेन–जीको सहभागितासहित संयुक्त स्वाधीन सरकार गठन गर्नुपर्ने माग गरेको छ। मोर्चाले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफ्ना माग सार्वजनिक गरेको हो।

मोर्चाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको निर्वाचन घोषणा गर्नुपर्ने र २०४७ यताका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति र भ्रष्टाचारका घटनाहरूको छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग समेत राखेको छ।

त्यसैगरी, मोर्चाले तत्काल शिक्षा र स्वास्थ्य सेवा निशुल्क घोषणा गर्नुपर्ने, भदौ २३ गतेको हत्याकाण्डमा संलग्न व्यक्तिहरूलाई तुरुन्त गिरफ्तार गरी कारबाही गर्नुपर्ने र पुनर्निर्माणका लागि कम्तीमा ५० हजार स्वयंसेवकको आह्वान गर्नुपर्ने माग राखेको छ।

साथै, जेन–जी युवा विद्रोहको आधारमा सरकारमा पुग्ने व्यक्तिहरूलाई अपराधीकरण गर्ने काम रोक्नुपर्ने पनि मोर्चाको प्रमुख माग रहेको छ।

WhatsApp-Image-2025-09-16-at-22.14.36_ae0119d9-1758025414.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्