नेभिगेशन
सलिमा

कजारियाको नयाँ शोरूमको दमक, बेलडाङी रोडमा भव्य रूपमा उद्घाटन

दमक । नेपालकै अग्रणी टाइल ब्रान्ड कजारियाले झापाको दमक, बेलडाङी रोडमा नयाँ र अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ। न्यू कोहिनूर ग्रेनाइट एण्ड टाइल्सद्वारा सञ्चालित यस शोरूमले उच्चस्तरीय टाइल्सको बढ्दो माग पूरा गर्ने मात्र होइन, ग्राहकलाई आधुनिक डिजाइन र अनुभवको नयाँ स्तर प्रदान गर्ने लक्ष्य राखेको छ।

शोरूमको भव्य उद्घाटन दमक नगरपालिकाका मेयर रामकुमार थापाले रिबन काटेर गरे। कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको उपस्थिति रहेको थियो भने मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेल र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

उद्घाटन समारोहमा बोल्दै मेयर थापाले भने, “गुणस्तर र डिजाइनले हाम्रो घर र समुदायमा ल्याउने रूपान्तरणको यो उत्कृष्ट उदाहरण हो। कजारियाको यो लगानीले दमकमा आन्तरिक सजावट समाधानको स्तर अझै उकास्नेछ भन्ने विश्वास छ।”

यस्तै, निर्देशक अग्रवालले कजारियाको ग्राहक–केन्द्रित दृष्टिकोणलाई जोड दिँदै भने, “हाम्रो उद्देश्य सधैं अन्तर्राष्ट्रिय स्तरको गुणस्तरलाई सबैको पहुँचमा ल्याउनु हो। यो शोरूम ग्राहकलाई टिकाउ, आकर्षक र नवीन डिजाइनका विकल्पसँग प्रत्यक्ष जोड्ने माध्यम हुनेछ।”

कजारिया रमेश टाइल्स लिमिटेडले हालै नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट सञ्चालनमा ल्याएको छ। अत्याधुनिक प्रविधिमा आधारित यस प्लान्टले विश्वस्तरीय मापदण्डअनुसार ४,००० भन्दा बढी डिजाइनका विकल्प उपलब्ध गराइरहेको छ।

हाल कजारियाका नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी अधिकृत डिलर नेटवर्क रहेका छन्। कम्पनीले ग्लेज्ड भिट्रिफाइड टाइल्स, हेभी ड्युटी टाइल्स तथा सिरामिक वाल टाइल्स जस्ता उत्पादन उपलब्ध गराउँछ, जसले पानी र दाग प्रतिरोधी गुणका साथ दीर्घकालीन टिकाउपन सुनिश्चित गर्छ।

गुणस्तर, नविनता र स्टाइलिश डिजाइनलाई प्राथमिकता दिँदै, कजारिया नेपालमा प्रिमियम टाइल्स र लक्जरी जीवनशैलीको नयाँ मानक स्थापित गर्ने यात्रामा अगाडि बढिरहेको छ।

WhatsApp-Image-2025-09-15-at-22.42.30_db46b858-1757976430.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्