नेभिगेशन
राजनीति

अब गृह मन्त्रालयको कार्य सञ्चालन पुरानो परराष्ट्र मन्त्रालय भवनबाट हुने

काठमाडौं । हाललाई गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा भएको आगजनीले गृहमन्त्रालय पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि त्यहाँबाट काम गर्ने अवस्था नरहेकाले वैकल्पिक रूपमा पुरानो परराष्ट्र भवन प्रयोगमा ल्याउन लागिएको हो।

हाल सो भवनमा सरसफाइ र आवश्यक सामग्री सार्ने काम तीव्रगतिमा भइरहेको मन्त्रालय स्रोतले जनाएको छ।

नवगठित अन्तरिम सरकारले गृहमन्त्रालयको जिम्मेवारी कानुनविद् ओमप्रकाश अर्याललाई दिएको छ।

Photo-(10)-1757916836.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्