नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी त्यागेर नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। उनले नागरिक उन्मुक्ति नेपाल नामक नयाँ पार्टीको स्थापना गर्दै नयाँ अभियान सुरु गर्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै चौधरीले लेखेका छन्, “आजबाट म नागरिक उन्मुक्ति पार्टीमा छैन। अब म अलग अभियानमा छु। मेरो आन्दोलनको भावना बुझ्ने साथीहरूले साथ दिनेछन् भन्ने आशा छ। म राजनीतिक व्यक्ति भएकाले चुपचाप बस्न सक्दिन, आजैदेखि पार्टी निर्माणमा लाग्नेछु।”
सोही संदेशमा उनले रन्जितासँग कुनै व्यक्तिगत दुश्मनी नरहेको प्रस्ट पारेका छन्। चौधरीका अनुसार, दुश्मनी भनेका देशका “राष्ट्रिय फटाहा”हरुसँग मात्र हो।