नेभिगेशन
राजनीति

प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न सिभिल र ट्रमा सेन्टरमा

काठमाडौं । प्रधानमन्त्रीमा हालै नियुक्त सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्दै उपचार अवस्थाबारे जानकारी लिएकी छिन्।

शनिबार उनले काठमाडौंको मीनभवनस्थित सिभिल अस्पताल र सुन्धारास्थित वीर अस्पतालको ट्रमा सेन्टरमा पुगेर घाइतेहरूसँग प्रत्यक्ष भेटवार्ता गरेकी हुन्।

शुक्रबारमात्रै प्रधानमन्त्री पदको शपथ लिएकी कार्कीले औपचारिक रूपमा पदभार ग्रहण गर्नुअघि नै अस्पताल पुगेर घाइतेप्रति चासो देखाएकी हुन्।

भेटका क्रममा उनले घाइतेहरूसँग व्यक्तिगत संवाद गर्दै उनीहरूको अवस्था बुझिन् भने उपचाररत चिकित्सकसँग स्वास्थ्य स्थिति, उपचारको प्रगति र आवश्यक सहयोगबारे छलफलसमेत गरिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्