भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व सम्हालेकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत मोदीले कार्कीलाई शुभकामना दिंदै नेपालका जनताप्रति भारतको निरन्तर प्रतिबद्धता दोहोर्याएका हुन्। उनले लेखेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक बधाई। नेपालका दाजुभाइ दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।”
मोदीले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई जोड दिँदै दुवै देशको साझेदारी अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरेका छन्।
उक्त शुभकामना कार्कीले शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ ग्रहण गरेको भोलिपल्ट आएको हो।