नेभिगेशन
राजनीति

प्रतिनिधि सभा विघटनको निर्णयप्रति माओवादी केन्द्रको असहमति

काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने हालको कदमप्रति माओवादी केन्द्रले असहमति जनाएको छ।

शुक्रबार राति आकस्मिक रूपमा बसेको पदाधिकारीहरूको भर्चुअल बैठकमा संसद् विघटनसम्बन्धी निर्णयलाई लिएर विस्तृत छलफल भएको थियो।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा संवैधानिक व्यवस्थाविपरीत संसद् विघटन गरिएको भन्दै माओवादी केन्द्रले उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्