नेभिगेशन
सलिमा

जितिया पर्वलाई लक्षित गर्दै थारु कलाकारहरुको नयाँ गीतहरु  सार्वजनिक

जितियाको अवसरमा थारु कलाकारहरुले ल्याए एलै जितिया, एलै जितिया ३ र जितिया पावैन बर भारी  म्युजिक भिडियो

थारु महिलाहरुको महान चाड जितिया नजिकिँदै गर्दा थारु कलाकारहरुले एकपछि अर्को जितिया लक्षित गीत सार्वजनिक गर्दैछन्। हालै विभिन्न युट्युब च्यानल र म्युजिक प्रोडक्सनमार्फत दर्जनौँ कलाकारको सहभागितामा तयार पारिएका गीत-भिडियो दर्शकसामु आएका छन्।

बिएम म्युजिक प्रोडक्सनले जितिया पावैन बर भारी बोलको गीत सार्वजनिक गरेको छ। उदयनारायण चौधरीको शब्दमा बनेको यस गीतलाई प्रतिमा चौधरीले गाएकी छन् भने कोरसमा आर्जु चौधरी र शान्ति सिञ्जाली मगरको साथ रहेको छ। संगीत संयोजन विजय चौधरीले गरेका हुन् भने मिक्स–मास्टरीङ राजाबाबु थारुले पूरा गरेका छन्। सिरहा जिल्लामा खिचिएको भिडियोलाई रमेश चौधरीले छायांकन तथा सम्पादन गरेका छन्। शिव चौधरीको कोरियोग्राफी र विजय चौधरीको निर्देशनमा तयार भएको भिडियोमा विभा चौधरी, जितेन्द्र रे, गंगा चौधरी, धिरज चौधरीलगायत कलाकार देखिएका छन्। बालकलाकारमा दिक्षा, अभि, त्रिभव र नेहा चौधरीको पनि अभिनय रहेको छ।

जितिया पावैन बर भारी

त्यस्तै, आपन क्रियटिभ फिल्म्सले यैलै जितिया (लाल रंगके सारी) बोलको गीत ल्याएको छ। सुनिल चौधरीको शब्दमा बनेको यस गीतमा अनुमा चौधरी र अन्जना चौधरीले स्वर दिएका छन्। सुरज श्रेष्ठले संगीत संयोजन गरेका यस गीतलाई बिट्स रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। सुनसरीको रामधुनीमा खिचिएको भिडियोमा सबिना चौधरी, रिकेश चौधरी, प्रियांगी चौधरी र पर्लाद चौधरीलगायतको अभिनय छ। भिडियोलाई श्रवन कुमार चौधरीले छायांकन तथा सम्पादन गरेका हुन् भने निर्देशन शिव चौधरीले गरेका हुन्।

लाल रंगके सारी

यसैबीच, एसकेसी युट्युब च्यानलमार्फत येलै जितिया ३ समेत सार्वजनिक गरिएको छ। सरोज कुमार चौधरीको शब्द, संगीत र स्वर रहेको यस गीतमा रोजिना चौधरीको साथ छ। भिडियोमा निशान्त फोटोग्राफीको छायांकन, आश थारूको निर्देशन र पर्लाद चौधरीको कोरियोग्राफी रहेको छ। लक्ष्मी राई, न्युशिका चौधरी, पाण्डब चौधरी र सरोज कुमार चौधरीले अभिनय गरेका भिडियो सरोज चौधरीले नै सम्पादन गरेका हुन्।

एलै जितिया ३

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्