नेभिगेशन
राजनीति

धम्कीपूर्ण शैलीमा सामाजिक सञ्जाल बन्द गर्न खोज्नु गलत : सांसद चौधरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक चौधरीले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी प्रयासलाई जनहित विपरीत भएको बताएका छन्।

प्रतिनिधि सभामा बोल्दै उनले लाखौँ नेपालीको रोजगारी र व्यवसाय डिजिटल प्लेटफर्मसँग जोडिएको बताउँदै, धम्कीपूर्ण शैलीमा सामाजिक सञ्जाल बन्द गर्न खोज्नु गलत भएको आरोप लगाए।

उनका अनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९० प्रतिशत नाघिसकेको छ र धेरै नेपालीको जीविकोपार्जन सामाजिक सञ्जालमार्फतै भइरहेको छ। तर, सरकारले धम्की दिएर फेसबुक र युट्युबजस्ता प्लेटफर्म बन्द गर्ने कुरा गर्नु नागरिक हितविरुद्ध हुने उनको भनाइ छ।

सांसद चौधरीले भने, “सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्ने विषयमा कसैलाई आपत्ति छैन। सर्वोच्च अदालतले पनि यसबारे स्पष्ट परमादेश दिइसकेको छ। सरकारको कर्तव्य भनेको अदालतको आदेश कार्यान्वयन गर्नु हो, त्यसका लागि कूटनीतिक पहल, कानुनी व्यवस्था र दीर्घकालीन रणनीति अपनाउनु पर्दछ, धम्की होइन।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्