पर्सा। पर्साको जिराभावानी गाउँपालिका-१ बलुवाबाट प्रहरीले तस्करी गरि ल्याइएको कपडासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीको संयुक्त टोलीले बलुवा टोलस्थित कासघारी धानबारीबाट १२ पोका कपडासहित एक जना कारोबारीलाई पक्राउ गरेको हो। पक्राउ गरिएका ती कारोबारीको परिचय भने प्रहरीले खुलाएको छैन।
सीमावर्ती भारतको भंगहाबाट तस्करहरूले रातिको समयमा भन्सार छलेर ल्याएको कपडाको पोका गाउँ नजिकैको कासघारी र धान बारीमा लुकाएर राखेकै अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो।
बरामद कपडा अन्दाजी १० लाख रुपैयाँ मूल्य बराबरको रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिए। कपडासहित पक्राउ गरिएका कारोबारीलाई आवश्यक कारबाहीका लागि मंगलबार वीरगन्ज भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।