धनगढी । ए.सी.जी. ग्रुपको प्रमुख कार्यकारी अधिकृतमा निशा चौधरीलाई नियुक्त गरिएको छ । ग्रुपको २०८३ भदौ ६ गते बसेको बैठकले निशालाई प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer–CEO) को जिम्मेवारी दिएको हो ।
निशालाई सिईओको जिम्मेवारी दिएर नेतृत्व संरचनामा परिवर्तन गरेसँगै ए.सी.जी. ग्रुपको संस्थागत विकास, व्यवस्थापन प्रणालीको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय विस्तार रणनीतिलाई अझ प्रभावकारी बनाउनमा थप टेवा पुग्ने कम्पनीले विश्वास लिएको छ ।
कम्पनीका संस्थापक तथा समूह अध्यक्ष अस्मित चौधरीको नेतृत्वमा सो निर्णय गरिएको हो । कम्पनीको दैनिक सञ्चालन, रणनीतिक योजना, व्यवसाय विस्तार, कर्मचारी प्रशासन, साझेदारी, परियोजना कार्यान्वयन तथा अन्य कार्यकारी निर्णयहरूको जिम्मेवारी प्रदान गरेको छ ।
ए.सी.जी. ग्रुप एक होल्डिङ कम्पनीका रूपमा विभिन्न व्यवसायहरूलाई एकीकृत गर्दै नेपालबाट विश्व बजारतर्फ नेतृत्व टोलीले ए.सी.जी. ग्रुपलाई विश्वस्तरीय व्यवसायिक समूहका रूपमा विकास गर्ने, अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने र विश्व बजारमा आफ्नो पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ ।
कम्पनीले कर्मचारी, व्यवसायिक साझेदार, ग्राहक तथा शुभेच्छुकहरूप्रति निरन्तर सहयोग र विश्वासका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा उच्च गुणस्तरीय सेवा, आधुनिक व्यवस्थापन, नवीनतम प्रविधि र ग्राहकको विश्वासलाई मुख्य प्राथमिकतामा राखी दिगो विकासका लागि प्रतिबद्धता जनाएको छ ।