नेभिगेशन
संस्कृति

थारु पौराणिक धार्मिक चलचित्र ‘जितबाहन’को छायांकन अन्तिम चरणमा

चितवन। थारु समुदायले परम्परादेखि सुन्दै र मनाउँदै आएको जित्तियाको पौराणिक तथा धार्मिक कथालाई अब चलचित्रको पर्दामा उतारिने भएको छ। चितवनका चर्चित निर्देशक किशोर चौधरीले थारु भाषाको पौराणिक धार्मिक चलचित्र ‘जितबाहन’ निर्माण गरिरहेका छन्।

जित्तिया पर्वलाई केन्द्रमा राखेर चलचित्रको छायांकन अहिले चितवनका विभिन्न स्थानमा धमाधम भइरहेको निर्देशक चौधरीले जानकारी दिएका छन्। थारु समुदायको धर्म, संस्कृति, परम्परा र आस्थालाई चलचित्रमार्फत उजागर गर्ने उद्देश्यले ‘जितबाहन’ निर्माण गरिएको निर्देशक चौधरीको भनाइ छ।

779084836_1043700748545998_5684321497470389430_n-1787321487.png
निर्देशक चौधरीले चलचित्रले थारु समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानलाई पर्दामा प्रस्तुत गर्ने बताउँदै सम्पूर्ण दर्शकलाई चलचित्र हेरेर साथ दिन आग्रह गरेका छन्।

चलचित्रमा जितेन्द्र महतो, स्वस्तिका चौधरी, भुलन चौधरी, नारायण महतो, जितेन्द्र चौधरी, बुधराम महतो, महेन्द्र चौधरी, प्रेम चौधरी, बलराम चौधरी, सुस्मिता चौधरी, रोजिना चौधरी, बिकेश्मा चौधरीलगायत कलाकारको अभिनय रहेको छ।

778625485_1541548701023798_3643707719735784124_n-1787321487.png
निर्माण पक्षका अनुसार ‘जितबाहन’को पहिलो प्रिमियर सो आगामी असोज महिनामा विभिन्न हलमा प्रदर्शन गर्ने तयारी गरिएको छ। थारु समुदायको धार्मिक आस्था र पौराणिक कथालाई चलचित्रमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले निर्माण गरिएको चलचित्रले दर्शकको साथ पाउने निर्माण पक्षको अपेक्षा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्