नेभिगेशन
संस्कृति

काठमाडौंमा थारु समुदायले यसरी मनायो गुरही पर्व (तस्बिर सहित)

काठमाडौं । पश्चिमी थारु समुदायले काठमाडौंमा गुरही पर्व मनाएको छ । सोमबार काठमाडौंको बुधनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा थारु राष्ट्रिय पर्व गुरही/गुरिया धुमधामका साथ मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोध सिंह थारुको उपस्थिति रहेको थियो भने अन्य विशिष्ट अतिथीहरुमा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीलगायत विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरु रहेको थियो । 

गुरही विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया, बाँकेलगायत जिल्लामा थारू समुदायले उत्साहपूर्वक मनाउने गर्छन् । पछिल्लो समय काठमाडौंलगायत सहरी क्षेत्रमा बसोबास गर्ने थारू समुदायले पनि आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गुरही मनाउन थालेका छन् ।

गुरही पर्व नागपञ्चमीकै दिन पर्ने भएकाले यसलाई नाग पूजा र वर्षायामसँग जोडेर हेर्ने गरिन्छ । थारू समुदायमा गुरहीलाई रोगव्याधि तथा सर्प, बिच्छीलगायत विषालु जीवजन्तुबाट सुरक्षा प्राप्त हुने विश्वाससँग जोडिएको पाइन्छ ।

वर्षायाममा खेतबारी, घरआँगन तथा आसपासका क्षेत्रमा सर्प र अन्य विषालु जीवजन्तुको जोखिम बढ्ने भएकाले प्रकृतिसँग सुरक्षित सहअस्तित्व कायम गर्ने उद्देश्यले पुर्खाहरूले यस्तो सांस्कृतिक अभ्यास विकास गरेको मानिन्छ ।

तस्बिरः दिनेश चौधरी

Gurahi-parba-(1)-1787043975.jpg

Gurahi-parba-(29)-1787043972.jpg

Gurahi-parba-(28)-1787043969.jpg

Gurahi-parba-(27)-1787043966.jpg

Gurahi-parba-(26)-1787043964.jpg

Gurahi-parba-(19)-1787043949.jpg

Gurahi-parba-(21)-1787043953.jpg

Gurahi-parba-(25)-1787043961.jpg

Gurahi-parba-(22)-1787043955.jpg

Gurahi-parba-(24)-1787043960.jpg

Gurahi-parba-(23)-1787043957.jpg

Gurahi-parba-(16)-1787043942.jpg

Gurahi-parba-(14)-1787043932.jpg

Gurahi-parba-(17)-1787043942.jpg

Gurahi-parba-(15)-1787043932.jpg

Gurahi-parba-(19)-1787043949.jpg

Gurahi-parba-(18)-1787043948.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्