नेभिगेशन
देश

कांग्रेस सभापति गगन थापा झापामा, ‘जिल्ला स्तरीय बृहत भेला’ लाई सम्बोधन गर्ने

झापा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन मंगलबार उनी झापा गएका हुन् ।

मंगलबार हुने जिल्लास्तरीय पार्टी भेलालाई उनले सम्बोधन गर्ने तयारी रहेको कांग्रेस झापाका सचिव कृष्णप्रसाद हुमागाईंले बताए ।

भेलामा पार्टी उपसभापति विश्वप्रकाश शर्मा, प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेतक रहेका निश्कल राई पनि सहभागी हुनेछन् ।

Gagan-Thapa-Jhapa-Airport-1782198734.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्