नेभिगेशन
सलिमा

झुम्की प्रोडक्सन्सले म्युजिकल लभ स्टोरी “जिन्गी के डगर” ल्याउँदै

 

काठमाडौं । झुम्की प्रोडक्सन्सको ब्यानरले नेपालको पुर्वी लहानदेखि पोखरा, मुस्ताङ तथा जोमसोम जस्ता रमणीय ठाउँहरुमा छायाँकन गरेको म्युजिकल लभ स्टोरी “जिन्गी के डगर” ल्याउने भएको छ । 

गीतको फस्ट लुक तथा पोस्टर सार्वजनिक भएको छ । अरूण आर्यण चौधरीको प्रस्तुति तथा झुम्की प्रोडक्सन्स र सेविल ईन्टरटेनमेन्टको संयुक्त सहकार्य रहेको गीतमा विवेक चौधरी  र अनु चौधरीको सुमधुर आवाजमा सजिएको छ, साथै संगीत तथा गीत संयोजन विवेक चौधरीले नै गरेका छन् ।

हरेकको जीवनको आफ्नै एउटा छुट्टै बाटो हुन्छ । यस नयाँ थारु म्युजिक भिडियो “जिङ्गी के डगर” (जीवनको बाटो) पनि माया, प्रेम, संघर्ष तथा सफलताको यस्तै एउटा कथा हो । प्रेम कथा र मार्मिक भावनाले भरिएको साथै जीवनको यात्रा र यसका रंगहरू समेटिएको कथा प्रस्तुत गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

मधु र नवनीत चौधरी अभिनित भिडियोको निर्देशन शिव चौधरीले गरेका छन् भने छायाँकन उत्कृष्ट छायाँकार रमेश चौधरीले गरेका छन् ।

गीतको म्युजिक भिडियो छिटै झुम्की प्रोडक्सन्स युट्युव च्यानलमा सार्वजनिक गरिने निर्माण पक्षले जनाईएको छ । 

WhatsApp-Image-2026-04-21-at-6.40.22-AM-1776750327.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्