नेभिगेशन
सलिमा

नाडा अटो शो २०२५ मा बीवाईडी एट्टो २ सार्वजनिक : नेपालकै सबैभन्दा सहज मूल्यमा उपलब्ध एसयूभी

काठमाडौं – नेपालमा बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले नाडा अटो शो २०२५ मा नयाँ इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो २ भव्य समारोहका बीच सार्वजनिक गरेको छ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको यस गाडीलाई हालसम्मकै सबैभन्दा “पहुंचयोग्य इलेक्ट्रिक एसयूभी” भनेर चिनाइएको छ।

अनावरण कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, बीवाईडी नेपालका ब्रान्ड एम्बासडर हरिबंश आचार्य र ब्रान्ड इन्डोर्सर अस्मी श्रेष्ठको उपस्थिति थियो।

मूल्य र विशेषता

बीवाईडी एट्टो २ को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, जसमा ७ किलोवाटको वाल–माउन्टेड चार्जर समेत समावेश छ।
यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी युवा व्यवसायी र परिवारलाई लक्षित गरिएको छ, जसले आकर्षक डिजाइन, सहज ह्यान्डलिङ र व्यावहारिकतालाई एकैसाथ प्रदान गर्छ।

यसमा बीवाईडीको चर्चित ब्लेड ब्याट्रीस्मार्ट इन–क्याबिन प्रविधि उपलब्ध छन्। ५१.१३ किलोवाट क्षमताको ब्याट्रीले एकपटक चार्जमा ३४५ किमीसम्मको ड्राइभिङ रेन्ज दिन्छ भने १०० किलोवाट मोटरले ९ सेकेन्डमै ०–१०० किमी/घण्टा स्पिड लिन सक्छ।

डिजाइन र सुरक्षा

एट्टो २ मा दमदार एसयूभी लुकका साथ फुल एलईडी हेडलाइट, फ्लोटिङ रूफलाइन, र आकर्षक टेललाइट बार जडान गरिएको छ।
भित्रतिर प्रिमियम इन्टेरियर, भेन्टिलेटेड सिट, पावर–एड्जस्टेबल सिट, १२.८ इन्च टचस्क्रिन, एप्पल कारप्ले/एन्ड्रोइड अटो, भ्वाइस असिस्टेन्ट र वायरलेस चार्जिङ जस्ता स्मार्ट सुविधा छन्।

सुरक्षाका लागि लेभल–२ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), ६ एयरब्याग, ईएससी, टीसीएस, हिल डिसेन्ट कन्ट्रोल र ३६०–डिग्री भ्यु मोनिटर जस्ता फिचर समावेश छन्।

ग्राहकका लागि लन्च अफर

नाडा अटो शो २०२५ मा बुकिङ गर्ने ग्राहकले अतिरिक्त लाभ पाउनेछन् :

  • १ वर्षको निःशुल्क अटो प्लस इन्सुरेन्स

  • ३.३ किलोवाट पोर्टेबल चार्जर

  • १० वर्षसम्मको विस्तारित वारेन्टी

  • निःशुल्क एसेसरिज प्याकेज

  • १० वर्षसम्म बीवाईडी एप कनेक्सन सुविधा

नेपालमा ईभीलाई प्रोत्साहन

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, “बीवाईडी एट्टो २ ले नेपाली ग्राहकलाई इलेक्ट्रिक एसयूभी अझ सुलभ बनाउनेछ र यसले ईभी क्षेत्रमा नयाँ अध्याय सुरु गर्नेछ।”
त्यस्तै प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, “यस मोडेलले नेपालको ईभी रूपान्तरणलाई अझ गतिशील बनाउन सहयोग पुर्‍याउनेछ।”

उपलब्धता

बीवाईडी एट्टो २ नेपालभरका शोरुममा ब्रिज ग्रीन, हार्बर ग्रे, कसमस ब्ल्याक र स्की ह्वाइट रंगमा उपलब्ध हुनेछ।

WhatsApp-Image-2025-08-20-at-21.34.13_67c086ef-1755696826.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्