नेभिगेशन
फोटो स्टोरी

माघीको अवसरमा थारु विद्यार्थी समाज उपत्यका कार्यसमितिद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२७ पुष, काठमाडौं । थारू समुदायको महान पर्व माघीको अवसरमा थारू विद्यार्थी समाज, उपत्यका कार्यसमितिले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार ललितपुरको लाकुरी भञ्ज्याङमा वनभोज कार्यक्रमको आयोजना गर्दै माघी, तिलासंक्रान्ति, खिचरा, खिचरी, खिचडी तथा माघे संक्रान्तिको शुभकामना आदान–प्रदान गरिएको हो।

1-1768113028.jpg
मन्दिरा चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समाजका केन्द्रीय अध्यक्ष विमल चौधरीले कार्यक्रम संयोजकको भूमिका निर्वाह गर्दै प्रमुख अतिथिका रूपमा सहभागिता जनाएका थिए।

कार्यक्रममा समाजका महासचिव चन्द्रप्रकाश चौधरी, आदिवासी चलचित्र महासंघकी उपाध्यक्ष गुञ्जा चौधरी, भिटामिन नेपाल तथा रातो कागज प्रा.लि.का सञ्चालक संजिव चौधरी, समाजका पूर्व केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी, नेवि संघका केन्द्रीय सदस्य विजय महतो, राष्ट्रिय थारू कलाकार मञ्चका अध्यक्ष विनय बैध, रिपोर्टर्स नेपालका फोटो पत्रकार दिनेश चौधरी लगायतको उपस्थिति रहेको थियो।

शुभकामना मन्तव्यका क्रममा अध्यक्ष मन्दिरा चौधरीले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि तथा सदस्यहरूलाई धन्यवाद व्यक्त गर्दै माघी पर्वले आपसी एकता र सद्भाव अझ सुदृढ बनाओस् भन्ने कामना गरिन्।

Mandira-Chaudhary-1768112508.jpgत्यस्तै, आदिवासी चलचित्र महासंघकी उपाध्यक्ष गुञ्जा चौधरीले कार्यक्रममा निमन्त्रणा गरिएकोमा आयोजक संस्थाप्रति आभार प्रकट गरिन्।

Gunja-Chaudhary-1768112529.jpg
भिटामिन नेपालका सञ्चालक संजिव चौधरीले विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै भिटामिन नेपाल देशकै विश्वासिलो सप्लिमेन्ट स्टोर भएको बताए। उनले युवाहरूलाई यस्ता व्यवसायिक क्षेत्रमा सक्रिय हुन प्रेरित गर्नुपर्ने धारणा पनि राखे।

Sanjiv-Chaudhary-1768112524.jpg
केन्द्रीय अध्यक्ष विमल चौधरीले माघी पर्वको शुभकामना व्यक्त गर्दै थारू विद्यार्थी समाजसँग जोडिँदाका अनुभव साझा गरे। उनले २०६५ सालदेखि संस्थामा आबद्ध भई विभिन्न कार्यक्रममार्फत योगदान दिँदै आएको जानकारी गराए।

Bimal-Chaudhary-1768112509.jpg
कार्यक्रममा सुनसरी घर भई हाल स्नातकोत्तर अध्ययनरत विक्रम चौधरीले पनि सहभागिता जनाउँदै माघी पर्वको शुभकामना व्यक्त गरे। प्रारम्भमै आफ्नो परिचय दिँदै उनले कविता र सायरीमार्फत उपस्थितहरूको उत्साह बढाएका थिए, जसले उपस्थित दर्शकबाट प्रशस्त प्रशंसा र ताली पाएको थियो।

Bikram-Chaudhary-1768112491.jpg
निरज चौधरीले सञ्चालन गरेको कार्यक्रममा पूजा चौधरीले अतिथिहरूलाई खादा लगाएर स्वागत गरेकी थिइन्।

winner1-1768112573.jpg

 

Winner2-1768112574.jpg

 

Group--1768113507.jpg
4-1768112573.jpg

2-1768113754.jpg
Bijay-Chaudhary-1768112491.jpg

प्रतिक्रिया दिनुहोस्